बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । हिजो साेमवार साढे साढे ३ अङ्कले घटेको शेयर बजार आज झन्डै ४ अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव ८१ अङ्कले घटेर २ हजार १९ दशमलव ७३ विन्दुमा झरेको छ ।
आज जलविद्युत्, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बजार घटेकाे दिन आज २ सय ६२ वटा कम्पनीको ३९ लाख ४६ हजार कित्ता शेयर १ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज प्रिमियर इन्सुरेन्स कम्पनी र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर सबैभन्दा धेरै झन्डै ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।