एलन मस्क फेरि विश्वकै धनी व्यक्ति

 फागुन १६, २०७९ मंगलबार १७:३१:२६ | एजेन्सी
unn.prixa.net

अमेरिकी अर्बपति एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । ब्लुमबर्गको तथ्याङ्कअनुसार दोस्रो नम्बरमा झरेका मस्क आज टेस्ला कम्पनीको शेयर बढेसँगै पुनः शीर्ष स्थानमा उक्लनुभएको सीएनएनले जनाएको छ ।

मस्क पहिलो स्थानमा उक्लिएपछि गएको डिसेम्बरदेखि निरन्तर पहिलो नम्बरमा रहनुभएका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले दोस्रो नम्बरमा झर्नुभएको छ । मस्कको कुल सम्पत्ति १ सय ८७ बिलियन डलर नाघेको छ । अर्नाल्टको सम्पत्ति १ सय ८५ बिलियनभन्दा केही बढी रहेको छ । मस्कले ट्विटर किनेपछि उहाँको कार निर्माता कम्पनी टेस्लाको शेयर बजार पनि तीव्ररूपमा घटेको थियो । तर सन् २०२३ सुरु भएदेखि टेस्लाको शेयर बढिरहेको छ । मस्कले सन् २०२२ मा २ सय ३ अर्ब डलर सम्पत्ति गुमाउनुपरेको थियो । मस्कको सम्पत्ति आज एकै दिन झन्ड ७ अर्ब डलर थपिएको छ । 

यसैबीच भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति घट्ने क्रम अझै रोकिएको छैन । सन् २०२३ को सुरुमा १ सय १९ अर्ब डलर सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीको तेस्रो नम्बरमा पर्नुभएका अदानीको सम्पत्ति एक महिनामा ८२ अर्ब डलरभन्दा धेरैले घटेको छ । उहाँ धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट ३२ औँ नम्बरमा झर्नुभएको छ । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले गएकाे हप्ता भारतीय व्यवसायी गौतम अदानीमाथि जालसाजीको आरोप लगाउँदै एक प्रतिवेदन सार्वजनिक गरेपछि उहाँको सम्पत्ति गुम्दै १ सय १९ अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया