भूकम्पपछि ४० हजारभन्दा धेरै सिरियाली शरणार्थी टर्किएबाट फर्किए

 फागुन १७, २०७९ बुधबार ६:३१:१२ | एजेन्सी
unn.prixa.net

टर्किएमा भूकम्पपछि त्यहाँ रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थी स्वेच्छाले स्वदेश फर्किएका छन् ।

फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्किएमा आफ्नो घर, बालबालिका र आफन्त गुमाएका सिरियाली नागरिक स्वदेश फर्किरहेको टर्किएका रक्षामन्त्री हुलुसी अकारले जानकारी दिनुभएको छ । भूकम्पपछि शरणार्थीहरूका लागि आवतजावत गर्ने यात्रा प्रतिबन्धलाई केहि खुकुलो पारिएको मन्त्री हुलुसीलाई उद्धित गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि देश छाडेका झण्डै ३५ लाख सिरियाली शरणार्थी टर्किएमा रहेका छन् । उनीहरुमध्ये १५ लाख भन्दा धेरै शरणार्थीले दक्षिणी टर्किएमा शरण लिएका छन् । टर्किए र सिरियामा भूकम्पबाट ४६ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया