ग्रीसमा दुईवटा रेल ठोक्किँदा २६ जनाको ज्यान गयो, ८५ जना घाइते

 फागुन १७, २०७९ बुधबार ८:४८:४४ | एजेन्सी
unn.prixa.net

ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । ८५ जना यात्रु घाइते भएका छन् । मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् ।

यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो । दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।

आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । दुई वटा रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको थेसाली क्षेत्रका गभर्नर कोन्स्टान्टिनोस अगोरास्टोसलाई उद्धृत गरी समाचार संस्था द गार्जियनले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया