बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा झरेको हो ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोसीकाे ८ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै बोटलर्स नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।