इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको अमेरिकी औषधि निर्माता कम्पनी एली लिलीको दाबी

 फागुन १८, २०७९ बिहीबार ७:४९:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी औषधि निर्माता कम्पनी एली लिलीले इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको दाबी गरेको छ ।

एली लिलीले वर्षौँदेखिको बढ्दो मूल्यपछि इन्सुलिनको मूल्यमा ७० प्रतिशतले कटौती गर्ने घोषणा गरेको हो । मूल्य घटेपछि मधुमेहका बिरामीलाई सहज हुनेछ ।

पछिल्ला वर्ष इन्सुलिनको लागत बढेको र मागमा पनि वृद्धि भएको अवस्थामा मूल्य घटाउने घोषणा गरिएको हो ।

कम्पनीले मे १ तारिख अर्थात् हिजोदेखि नै आफ्नो ब्रान्डेड इन्सुलिनको मूल्य प्रति भायल २५ डलरमा झार्ने घोषणा गरेको छ ।

लिलीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिक्सले इन्सुलिनको मूल्य घटेपछि मधुमेहबाट समस्या भोग्दै आएका लाखौँ अमेरिकी नागरिकलाई सहज हुने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२२ मा गरिएको एक अध्ययनअनुसार मधुमेह विश्वव्यापी रूपमा तीव्र गतिमा बढ्दै गएको दीर्घकालीन रोगमध्ये एक हो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया