नोबेल शान्ति पुरस्कार विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्षको जेल सजाय

 फागुन २०, २०७९ शनिबार ७:४:१९ | एजेन्सी
unn.prixa.net

बेलारुसको एउटा अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ । बेलारुसी अदालतले ६० वर्षीय एलेसलाई हिजो १० वर्षको जेल सजाय सुनाएको मानवअधिकारवादी संस्था भियास्नाले जनाएको छ ।

भियास्ना एलेसद्वारा स्थापित मानवअधिकारवादी सङ्गठन हो । उनीमाथि सरकारविरोधी गतिविधि गर्नका लागि बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप छ । सार्वजनिक व्यवस्थाको उल्लङ्घन गर्ने कार्य तथा तस्करीमा दोषी ठहराइएको भियास्ना मानव अधिकार समूहले भनेको बीबीसीले उल्लेख गरेको छ । उनी यसअघि नै अनुसन्धानका लागि थुनामा रहेका थिए ।

सन् २०२२ को नोबेल शान्ति पुरस्कार एलेसका साथै रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई दिइएको थियो ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया