इन्डोनेसियामा इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको ज्यान गयो

 फागुन २०, २०७९ शनिबार ८:३०:३२ | एजेन्सी
unn.prixa.net

इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ। आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको ज्यान गएको छ । घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरुको शरीरका विभिन्न भाग जलेको छ । इन्धन भण्डारण डिपोमा हिजो बेलुका लागेको आगो नजिकै रहेको आवास क्षेत्रमा फैलिएको थियो । आगलागी फैलिन थालेपछि आवास क्षेत्रमा रहेका मानिसलाई तत्काल घर बाहिर निकालिएको थियो।

पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको हुनसक्ने सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ । वर्षासँगै परेको चट्याङका कारण आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ । इन्डोनेसिया सरकारले घाइतेको उद्धार र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया