पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनका मुख्य मुद्धा रुस–युक्रेन युद्धको कारण छायामा परेका छन् ।
रुस–युक्रेन मुद्दामा भएको विमतीका कारण दुईदिने सम्मेलनपछि संयुक्त वक्तव्य समेत निस्कन सकेन । सम्मेलनपछि प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले बैठकपछि संयुक्त वक्तव्य आउन नसक्नुमा रुस–युक्रेन युद्धबारे जी–२० देशबीच फरक–फरक धारणा रहेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतसहित १७ देशले युक्रेनको मुद्धामा एउटा धारणा राखे पनि चीन र रुसले त्यसलाई नमान्दा संयुक्त वक्तव्य आउन नसकेको उहाँको भनाइ छ । चिनियाँ विदेश मन्त्रालयले पनि युक्रेन मुद्दाले नै संयुक्त वक्तव्य आउन नसकेको बताएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
जी–२० देशमा विश्वको ८५ प्रतिशतभन्दा बढी कुल गार्हस्थ्य उत्पादन हुन्छ भने ७५ प्रतिशत विश्वव्यापी व्यापार हुने तथ्यांक छ । यी देशहरुमा विश्वका दुई तिहाइ जनसंख्या बसोबास गर्छन् । अन्तर्राष्ट्रिय आर्थिक मुद्दामा विश्वव्यापी सहकार्य गर्ने लक्ष्य रहेको संगठनको दिल्ली सम्मेलनमा रुस–युक्रेन युद्धमै बढी केन्द्रित रहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
'एउटा पृथ्वी, एउटा परिवार र एउटै भविष्य' नाराका साथ जी–२० सम्मेलनका बैठकहरू गरिरहेको भारतले अस्ति र हिजो जी–२० परराष्ट्रमन्त्रीस्तरीय सम्मेलन गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।