पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो

 फागुन २२, २०७९ सोमबार १५:३९:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएनआई

पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमणमा परेर नौ जना प्रहरीको ज्यान गएको छ । आत्मघाती आक्रमणमा अन्य १० जना घाइते भएका बीबीसी उर्दुले जनाएको छ ।

प्रहरी बोकेको गाडी एक पुल नजिकै पुगेपछि मोटरसाइकलमा आएका आक्रमणकारीले विस्फाेट गराएका खबरमा उल्लेख छ । गाडीमा सवार सुरक्षाकर्मीहरू हिजो आइतवार सकिएको सिबी मेलामा ड्युटी गरी क्वेटातर्फ फर्किरहेका थिए ।

बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विस्फाेटकाे निन्दा गर्नुका साथै यसलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्नुभएको छ । उहाँले बलुचिस्तानलाई अशान्ति र अस्थिरता सिर्जना गरेर पछाडि धकेल्ने षड्यन्त्र रचिएको भन्दै यस्ता षड्यन्त्रलाई नागरिकको सहयोगले असफल बनाइने दाबी पनि गर्नुभएको छ ।

पाकिस्तानमा पछिल्लो समय सुरक्षा बललाई निसाना बनाएर आक्रमण बढ्न थालेका छन् ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया