चुनावमा चिनियाँ हस्तक्षेपबारे क्यानडाले छानबिन गर्ने

 फागुन २३, २०७९ मंगलबार १०:३:२४ | एजेन्सी
unn.prixa.net

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोेले चुनावमा चिनियाँ हस्तक्षेप भएको बारेमा छानबिन गर्ने बताउनुभएको छ । हालकैका चुनावमा चिनियाँ हस्तक्षेप भएको आरोप लागेपछि प्रधानमन्त्री ट्रुडोले त्यसबारेमा छानबिन गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

क्यानडाका विपक्षी दलहरूले यस विषयमा स्वतन्त्र छानबिनको माग गरिरहेका थिए । छानबिनका लागि ट्रुडोले नियुक्त गर्ने अनुसन्धानकर्ताहरुले सन् २०१९ र २०२१ को आम चुनावसँग सम्बन्धित गोप्य प्रतिवेदनहरूको समीक्षा गरी आउँदो चुनावका लागि सुझाव दिने बीबीसीको खबरमा उल्लेख छ । यता क्यानडाका विपक्षी दलहरूको आरोपको खण्डन गर्दै चीनले चुनावमा कुनै पनि हस्तक्षेप नभएको बताएको छ ।

चीनले चुनावमा हस्तक्षेपका दाबीहरूलाई पूर्णतया निराधार र अपमानजनक भनेको छ । पत्रकारहरूसँग कुरा गर्दै ट्रुडोले लामो समयदेखि चुनावमा हस्तक्षेप गर्न चीन, इरान र रुसले गरेको प्रयासबारे क्यानडा सचेत रहेको र यो कुनै नयाँ समस्या नभएको बताउनुभयो ।  

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया