लैंगिक समानताका लागि काम गर्न राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

 फागुन २४, २०७९ बुधबार ६:३७:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैंगिक समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अहिले पनि लैंगिक विभेद रहेको तथा महिला र पुरुषबीचको समानताका बीचमा खाडल रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै गुटरेसले अहिले देखिएको महिला र पुरुषबीचमा असमानता कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा महिला सहभागी आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ ।’

आज मार्च ८ तारिख, अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदैछ । यसवर्षको दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने नाराका साथ मनाइँदैछ ।  

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया