मेक्सिकोमा अपहरणमा परेका चार अमेरिकी नागरिकमध्ये दुई जनाको हत्या

 फागुन २४, २०७९ बुधबार १०:२४:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – मेक्सिकोमा अपहरणमा परेका चार जना अमेरिकी नागरिकमध्ये दुई जनाको हत्या भएको छ ।

अमेरिका र मेक्सिकोका अधिकारीका अनुसार दुई जनाको भने सकुशल उद्धार गरिएको छ ।

गएको मार्च ३ तारिखमा बन्दुकधारी समूहले चार जना अमेरिकी नागरिकको अपहरण गरेका थिए ।

टेक्सासको सीमा पारी मेक्सिकोको उत्तर पूर्वी राज्य तमाउलिपासको माटामोरोस शहरबाट उनीहरु अपहरणमा परेका थिए ।

उनीहरुका आफन्तका अनुसार उनीहरु कस्मेटिक सर्जरीका लागि त्यहाँ गएका थिए । उद्धार गरिएका दुई जनाको अमेरिकीको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति अमेरिका र मेक्सिको सरकारले दुख व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया