अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

 फागुन २५, २०७९ बिहीबार ७:१२:५७ | एजेन्सी
unn.prixa.net

अमेरिकामा पछिल्लो चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार चार हप्तायता एक लाख छ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण भएको हो ।

पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको तर बालबालिकामा भने सङ्क्रमण भैरहेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएशनले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ ।

डाक्टरले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेर समूहअनुसारको तथ्याङ्क लिनुपर्ने र त्यसैअनुसार खोप तथा सुरक्षाका उपायहरु अपनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । अमेरिकामा कोरोना सङ्क्रमण सुरु भएपछि १ करोड ५५ लाखभन्दा धेरै बालबालिकालाई सङ्क्रमण पुष्टि भएको छ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया