देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डौबाट भैरहवा उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि काठमाण्डौ नै फर्काइएको छ ।
बिहान साढे ९ बजे उडेको उडान नम्बर ८२१ जहाजमा ‘फायर वार्निङ’ को सङ्केत देखिएपछि त्रिभुवन विमानस्थलमा नै फर्काएर सकुशल अवतरण गराइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार जहाज उडेको केहीबेरमै इन्जिनमा आगो लागेको सङ्केत देखिएको थियो ।
यो सङ्केत देखिएपछि जाहाजलाई काठमाण्डौमै फर्काइएको उहाँले बताउनुभयो । जहाजमा ७६ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । उनीहरु सबै सकुशल छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Deepak Sherchan
March 10, 2023, 8:01 a.m.Great work!.