नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र नागरिकको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । बिहीवार आज संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफू राष्ट्रपतिमा निर्वाचित भए नागरिकको राष्ट्रपति बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा नागरिकले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने बताउनु भयो । उहाँले देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति चुनावको लागि म एकदमै उत्साहित छु । विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार नागरिकको छोरा वा छोरी राष्ट्रपति हुन्छ । त्यसैले अब नागरिकको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ । त्यसैले म सफल रुपमा राष्ट्रपति भएपछि नागरिकको राष्ट्रपतिको रुपमा काम गर्नेछु । नागरिकको राष्ट्रपति बनेर नागरिकको काम गर्ने मेरो कुरा हो ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।