पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
म्याग्दी – पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–१ गूर्जा हिमालको आधार शिविरमा बेपत्ता पर्यटकहरुको शव भेटिएको छ । सिम्रिक एअरको हेलिकप्टरमार्फत आइतबार बिहान खोजी गरी मृतक ९ जना पर्यटकहरुको शव सङ्कलन गरेर गूर्जा गाउँमा ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
५ जना कोरियाली र ४ नेपालीसहित ९ जनामध्ये ८ जनाको शव काठमाडौं ल्याउने तयारी भैरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार एकजना स्थानीयको शव पोष्टमार्टमका लागि जिल्ला ल्याउने तयारी भैरहेको छ भने मृतक पर्यटकहरुको पहिचान खुल्न बाँकी नै रहेको छ ।
दक्ष जनशक्ति र उपकरण नहुँदा तथा समय अभावका कारणले गर्दा शनिबार बेपत्ता पर्यटकको शव देखिए पनि उद्धार गर्न सकिएको थिएन । खोंच र अप्ठ्यारो भिरमा रहेका कारण उपकरणविना मृतकको शव सङ्कलन गर्न समस्या भएको थियो । बेपत्ता भएकाहरुको खोजीका लागि गूर्जा गाउँबाट १६ जना स्थानीय शनिबार घटनास्थल पुगेका थिए । गूर्जा गाउँदेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पाँच घण्टाको दुरीमा रहेको छ ।
७ हजार १९३ मिटर अग्लो गूर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको अनुमान गरिएको छ । शनिबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको थियो । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गूर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको बताइएको छ ।
हिमाल आसपासका क्षेत्रमा रहेका वनजङ्गलका रुख समेत हावाहुरीका कारण भाच्चिँएको अवस्थामा भेटिएकाले अत्यधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधारशिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गूर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।
२०७२ सालमा पनि दसैं तिहारको समयमा अचानक आएको हुदहुद नामक आँधीका कारण धौलागिरी आधारशिविर गएका पर्यटकले ज्यान गुमाएका थिए । यता अन्नपूर्ण पदमार्ग र हिमाली जिल्ला मुस्ताङ र मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत हुदहुद आँधीको सामना गर्नुपरेको थियो ।
सरोकारवाला नियकाले पर्यटकीय आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण नगर्दा हिमालको आधारशिविरमा जाने पर्यटकहरुलाई समस्या हुने गरेको छ । आधारशिविरसम्म पुग्ने उपयुक्त पदमार्ग नहुनु, सङ्केतका बोर्डहरु नराखिनु र बास बस्ने ठाउँकोसमेत पहिचान नहुँदा हिमाल आरोहणमा जाने पर्यटकहरु मृत्युको मुखमा पुग्ने गरेका छन् । गूर्जा हिमालको आधारशिविर र धौलागिरी हिमालको आधारशिविरमा पर्याप्त मात्रामा यार्सागुम्बालगायत महत्वपूर्ण जडिबुटीहरु समेत पाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।