रुसले युक्रेनमा आक्रमण तीव्र बनायो, घरबाहिर ननिस्कन नागरिकलाई सरकारको निर्देशन

 फागुन २५, २०७९ बिहीबार १५:६:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण तीव्र बनाएको छ । केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहीवार बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 

रुसको क्षेप्यास्त्र र ड्रोन हमलाका कारण पानी र बिजुली आपूर्तिमा अवरोध सिर्जना भएको छ । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले महत्त्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताउनुभएको छ । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्च्नेकाेले पनि रुसले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताउनुभएको छ ।

स्थानीय सैन्य प्रशासनका अनुसार राजधानी किएभ क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । सरकारले नागरिकलाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

औद्योगिक सहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो । युक्रेनी उपरक्षामन्त्री गन्ना मलियारले भने बाख्मुतमा बुधवार गरिएको प्रतिकारलाई विजय मान्नुपर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया