म्याग्दीको रघुगङ्गामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले जीर्ण स...
चैत ३, २०८१ सोमबार
रुपन्देही – प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले गरिब लक्षित कार्यक्रमले मात्रै गरिबी घटाउने बताउनुभएको छ ।
कोषले विहीबार बुटवलमा गरेको प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले देश संघीय संरचनामा गइसकेकाले गरिबी निवारण कोषले पनि कार्यक्रमलाई प्रदेश र स्थानीय सरकार केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।
महसुस हुने किसिमले गरिबी घटाउनु अहिलेको मुख्य आवश्यकता र बजेटको दुरुपयोग रोक्नु अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाई छ ।
गरीबी निवारण कोषका उपाध्यक्ष डाक्टर वाईबी थापाले केन्द्र, प्रदेश र स्थानीय सरकारको निर्देशन अनुसार कोष अगाडि बढ्ने भन्दै उद्यमशीलताको विकास गर्न कोषले लगानी केन्द्रित गरेको बताउनुभयो ।
कोषका कार्यकारी निर्देशक नहकुल के सीले ६० जिल्लामा सञ्चालित कोषका कार्यक्रममा गरिब तथा विपन्न समुदायका ९ लाख सदस्य आयआर्जन आयोजना अन्र्तगत आवद्ध रहेको बताउनुभयो ।
गरिबी निवारण कोषका भावी रणनिति तय गर्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधि बिचमा छलफल आयोजना गरिएको कोषका सदस्य नारायणप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले एउटै उद्धेश्य भएका धेरै संस्थाले एउटै काम गर्दा गरिबी निवारणमा सहयोग नपुग्ने बताउनुभयो । उहाँले गरिबी निवारण कोषसँग सहकार्य गरेर काम गर्न उप महानगरपालिका तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर पाँचका ११ जिल्लाका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।