मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
टर्कीको इस्तानबुलमा भूकम्पले क्षति गरेका १० वटा अस्पताललाई सुरक्षित ठाउँमा सारिएको छ । यी अस्पतालले सहरका अन्य स्वास्थ्य संस्थाका सुरक्षित भवनबाट सेवा सुरु गरेका छन् ।
अस्पताल सारिएको परिसरभित्र सुरक्षित संरचना पनि निर्माण गरी उपचार थालिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिनुभयो । देशभरि नै अस्पताल सुरक्षित गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । टर्की र सिरियाका भूकम्प पीडितलाई संयुक्त राष्ट्र सङ्घीय निकायले निरन्तर सहयोग उपलब्ध गराउँदै आएका छन् ।
भूकम्प पीडितलाई खाद्यान्न र पानीको समस्या छ । सफा पिउने पानीको अभाव हुँदा कतिपय ठाउँमा हैजाको प्रकोप फैलिने जोखिम पनि बढेको छ । आवश्यक औषधि तथा खाद्यान्नको प्रबन्ध गरिरहेको राष्ट्रसङ्घीय निकायले जनाएका छन्।
फेब्रुअरी अन्तिमतिर गएको भूकम्पले टर्की र सिरियामा ४६ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ भने हजारौको सङ्ख्यामा घाइते भएका छन् । त्यस्तै लाखौँ नागरिक घरबारविहीन भएका छन् ।