बढ्दाे ब्याजदरका कारण अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

 फागुन २७, २०७९ शनिबार १४:१३:५२ | एजेन्सी
unn.prixa.net

अमेरिकी नियामक निकायले सिलिकन भ्याली बैंक बन्द गरिदिएको छ । बैंक गम्भीर आर्थिक समस्यामा परेपछि बचतकर्ताहरुको रकमको सुरक्षाको लागि बैंक बन्द गरेको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकाको बैंकिङ क्षेत्रमा यस किसिमको समस्या सन् २००८ पछि पहिलोपल्ट आएको हो । उच्च ब्याजदरका कारण समस्यामा पर्दै गएको बैंकलाई जोगाउन आफ्नो सम्पत्ति बेच्न खोजेपछि बिहिबारदेखि बैंकको शेयर मूल्य घट्न थालेको थियो । शुक्रवार पनि शेयर मूल्यमा उच्च गिरावट आएपछि नियामक निकायले बचतकर्ताहरुको सुरक्षाका लागि भन्दै बैंक नै बन्द गरिदिएको हो ।

सिलिकन भ्याली बैंक गम्भीर समस्यामा परेपछि त्यसको असरले अमेरिकी शेयर बजारमा वाल स्ट्रीटका प्रमुख चार वटा बैंकको शेयर मूल्य बिहीबार एकै दिनमा ५५ अर्ब अमेरिकी डलरले ओरालो लागेको छ । अमेरिकाका चार ठूला बैंकहरूको शेयर मूल्य घट्ने क्रम शुक्रवार पनि कायम रह्यो । विज्ञहरूले बैंकहरूको अहिलेको समस्या बढ्दो ब्याजदरको कारण आएको बताएका छन् ।    
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया