काठमाण्डौ उपत्यकासहित वाग्मती र कोशी प्रदेशका पहाडी भागमा पानी पर्दै

 फागुन २७, २०७९ शनिबार १७:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागको केही क्षेत्रमा पानी परिरहेको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा मेघ गर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि मध्ययम खालको हिमपात भैरहेको छ । आज राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भएर केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले विकसित प्रणालीका कारण आज मध्यपहाड र त्यो भन्दा उत्तरतर्फ असिनापानी, हावाहुरी र चट्याङ र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । यो प्रणाली भोलिसम्म पूर्वी र सोमबारसम्म पश्चिमी क्षेत्रमा फैलने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया