७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ४ लाख ८२ हजार जनाले श्रम स्वीकृति लिए

 फागुन २८, २०७९ आइतबार १३:५७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/०८० काे सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सात महिनामा रेमिट्यान्स चार दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १६ दशमलव चार प्रतिशतले बढेर पाँच अर्ब ३० करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ जना पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या सात महिनामा १० दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ६७ लाख सात सय आठ जना पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो सङ्ख्या दुई सय ६६ प्रतिशतले बढेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया