शेयर बजार झन्डै २७ अङ्कले घट्यो

 फागुन २८, २०७९ आइतबार १६:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ९० विन्दुमा झरेको छ ।

बजार घटेकाे दिन सबै समूहको शेयर ओरालो लागेको छ । आज दुई सय ६० वटा कम्पनीकाे ४७ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ६६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालयन बैंकको शेयर साढे छ प्रतिशत तथा नेपाल इन्सुरेन्स कम्पनी, खप्तड लघुवित्त र आदर्श लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया