पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १० हप्तादेखि भइरहेको प्रदर्शनमा लाखाैँ व्यक्ति सडकमा पुगेर विरोध जनाएका बीबीसीले जनाएको छ ।
राजधानी तेल अबीबमा हिजो शनिवारमात्रै दुई लाख जना मानिस सडकमा पुगेका छन् । नयाँ न्यायिक प्रणालीले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै नागरिक आन्दोलित भएका हुन् । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले योजनाबद्ध परिवर्तनहरू मतदाताका लागि राम्रो भएको जिकिर गर्नुभएको छ ।
हिजोमात्रै देशभरका सहरमा पाँच लाख जना आन्दोलनमा सहभागी भएका नेतृत्वकर्ताले बताएका छन् । हिजोको आन्दोलनलाई देशको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शनका रूपमा व्याख्या भएको छ ।
विपक्षी नेता यायर लापिडले दक्षिणी सहर बेयर शेवामा आमसभालाई सम्बोधन गर्दै देशले इतिहासमा सबैभन्दा ठूलो सङ्कटको सामना गरिरहेको बताउनुभयो । सरकारको कदमलाई नागरिकले प्रतिगमनको संज्ञा दिँदै इजरायललाई पूर्ण तानाशाही शासनमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।