आइएमई 'पेमोबाइल टप अप'मा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

 फागुन २९, २०७९ सोमबार ७:३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘आइएमई पे’ले आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा पाँच प्रतिशत क्यासब्याकको अफर कायमै राखेको छ ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा पाँच प्रतिशत क्यासब्याकको अफर यथावत नै राखेको जनाएको छ ।

टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेकोले यो अफरलाई यथावात राखिएको हो ।

यो अफरले वित्तीय साक्षरता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ ।

नगदभन्दा बढी डिजिटल कारोबारको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच प्रतिशतको अफरलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो ।

सेवाग्राहीले दुई हजार रुपैयाँ रिर्चाज गर्दा एक सय रुपैयाँ एक हजार रिर्चाज गर्दा  पचास रुपैयाँ तथा एक सय रुपैयाँ रिचार्ज गर्दा पाँच रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको माेबाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया