सुनको भाउ आज पनि बढ्यो

 फागुन २९, २०७९ सोमबार ११:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ४ हजार एक सय रुपैयाँ छ । हिजो एक लाख ३ हजार ५ सय रुपैयाँ थियो ।

सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

अमेरिकामा बेरोजगारीको संख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो ।

त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर एक हजार दुई सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ हिजो तोलामा २५ रुपैयाँले बढेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८०

तपाईको प्रतिक्रिया