लगातार दोस्रो दिन पनि शेयर बजार राताम्मे

 फागुन २९, २०७९ सोमबार १५:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दोस्रो दिन आज साेमवार पनि शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ६८ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर आज ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि निकै घटेको छ । दुई सय ५६ वटा कम्पनीकाे ३३ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १६ करोड २५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर साढे सात प्रतिशत तथा आदर्श लघुवित्त, हिमालयन बैंक र नदिप लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि शुभम् पावर कम्पनीको शेयर भने आज १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया