आईएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

 फागुन २९, २०७९ सोमबार २०:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पेले रिया मनी ट्रान्सफरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरेकाे छ ।

विदेशमा रहेका नेपालीहरूका लागि रियाको अनलाइन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँसम्मकाे क्यासब्याक पाइने आईएमई पेले जनाएकाे छ । यस सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्फरकाे अनलाइन पोर्टलमा गई आईएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया