मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् । १ सय २२ जना बिरामी परेका छन् । तटीय गाउँ तेलले ढाकेको छ ।
प्रान्तीय गभर्नर हुमरलिटो डोलोरका अनुसार गएको फेब्रुअरी २८ मा डुबेको ट्याङ्कर ८ लाख लिटर क्षमताको थियो र त्यसबाट निस्किएको तेलको असर कम गर्ने प्रयास भइरहेको छ । बिरामीमा श्वासप्रश्वाससम्बन्धी समस्या, वान्ता र पखाला लागेको छ ।
पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण माछा मार्नेहरूलाई माछा नमार्न आग्रह गरिएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी निकायलाई तेलबाट उत्पन्न असरलाई तत्काल रोकथाम गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
Sakura Patel
March 14, 2023, 9:51 a.m.Hi