चीनले विश्व व्यवस्थालाई चुनौती दिएको बेलायतको टिप्पणी

 फागुन ३०, २०७९ मंगलबार १२:२:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको र यसलाई गम्भीर रूपमा लिनुपर्ने बेलायतले जनाएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले विश्व अस्थिर भएको र यसबाट आफ्नो देशको सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिनुभएको छ । आउँदो दुई वर्षमा बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने प्रधानमन्त्री सुनकलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

चीनले दिएको चुनौतीलाई बेलायत सरकारले गम्भीरताका साथ लिएको र देशका संवेदनशील क्षेत्रमा चिनियाँ लगानी रोक्न काम गरिरहेको पनि उहाँको भनाइ छ । साथै सुनकले अस्ट्रेलियालाई पारमाणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बीहरू आपूर्ति गर्नेबारे अमेरिका र अस्ट्रेलियाका समकक्षीहरूसँग वार्ता समेत गर्नुभएको छ ।

सन् २०२१ मा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ सैन्य शक्तिविरुद्ध प्रतिरक्षा गर्ने संयुक्त प्रयासको एक अंशको रूपमा औकुस सम्झौता भएको थियो । सम्झौतामा बेलायत, अस्ट्रेलिया र अमेरिकाले सहमति जनाएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया