शेयर बजार आज सामान्य बढ्याे

 फागुन ३०, २०७९ मंगलबार १५:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो साेमवार र अस्ति आइतवार उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव शून्य छ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, उत्पादन, बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर झिनो अङ्कले उकालो लागेको छ ।

बजार समान्य बढेकाे दिन दुई सय ५५ वटा कम्पनीकाे ३३ लाख १८ लाख कित्ता शेयर एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रो कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्स र कृषि विकास बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया