बैंक तथा वित्तीय संस्थामा भएको धरपकड र जबरजस्तीप्रति सिबिफिनको आपत्ति

 चैत १, २०७९ बुधबार १२:१०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थामा भएको धरपकड र जबरजस्तीप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति निकालेर सिबिफिनले अत्यावश्यक सेवाका क्षेत्रमा कुनै पनि किसिमका बन्द तथा हड्ताल जस्ता कार्य गर्न नहुने/नपाइने नियमको उल्लङ्घन गरी भैरहेका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा मकवानपुरको हेटौंडामा रहेको कुमारी बैंकको शाखा कार्यालयलगायतमा बैंकिङ सेवा अवरुद्ध गरिएको, सेवाग्राहीलाई सेवा लिनबाट बञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता गतिविधिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले खेद प्रकट गरेको उल्लेख छ ।

साथै सिबिफिनले वार्ता तथा संवादको माध्यमबाट समस्या समाधानका लागि पहलकदमी लिन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यवसायिक संस्थालाई आग्रह गरेको छ । बैंकिङ क्षेत्रजस्तो अत्यावश्यक सेवालाई निर्वाध संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया