जापानका 'युट्युबर' सांसद निष्कासित

 चैत १, २०७९ बुधबार १४:२३:२४ | एजेन्सी
unn.prixa.net

जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गलवार संसदबाटै निष्कासन गरिएको हो । 

गएकाे जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एक पटक पनि उपस्थित नभएपछि उनलाई जापानको माथिल्लो सदनले मङ्गलवार निष्कासन गरेको हो । सदनको हिजो मङ्गलवारकाे निर्णय आज बुधवारदेखि लागू भएको छ । 

गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसदबाट निष्कासित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो तर उनले त्यसको बेवास्ता गरेका थिए । ५१ वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन् । उनी निष्कासितत भए पनि अर्को एक सदस्यले उनको ठाउँम काम गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया