काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने

 चैत २, २०७९ बिहिबार ७:५२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैमा – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैटौँ संस्करण आज बिहीवारदेखि सुरु हुँदैछ । ‘विश्वभरका कथाको उत्सव’ भन्ने नारासहित काठमाण्डौमा हुने महोत्सवमा ३५ देशका ९५ वटा चलचित्र प्रदर्शन हुनेछन् ।

महोत्सव ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवका चलचित्रलाई क्यूएफएक्स चेनअन्तर्गतका चार वटा हलमा देखाइने छ । अन्तरक्रिया र छलफलसम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ । महोत्सवमा सात वटा विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।    

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु चलचित्र विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

यस्तै निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीति : नीतिमात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ : महत्त्व र अभ्यास, हास्यव्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिका : जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तरक्रिया तथा छलफल चलाइनेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया