कतारबाट आईएमई र युनिमनीको 'वीन बिग क्याम्पेन' सुरु

 चैत २, २०७९ बिहिबार ९:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पे र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको 'सेन्ड मनी अनलाइन एन्ड विन बिग' क्याम्पेनमा प्रमोसन पार्टनरको रूपमा समझ्दारी भएको छ ।

'विन बिग क्याम्पियन' मा सेवाग्राहीले युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल 'www.unimoni.qa' मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफाेन १४ प्राे, पाँच जना सामसुङ ग्यालेक्सी एस २२ अल्ट्राका साथै ३० जनाले दुई ग्राम, चार ग्राम र आठ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । याे क्याम्पेनको अवधि चैत १ देखि जेठ १ गतेसम्म गरी ६२ दिनका लागि लागू हुनेछ ।

यस क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आईएमई गर्दा आईएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत् नै रहनेछ । अनलाइन च्यानलहरूको प्रवर्धन गर्नका लागि तयार पारिएको यस क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछन् ।

आईएमई पे आइएमई ग्रुपद्वारा सञ्चालित, आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित डिजिटल वालेट हाे ।

अन्तिम अपडेट: चैत ३, २०७९

तपाईको प्रतिक्रिया