शेयर बजार आज पनि घट्यो, एक अर्ब १४ करोड रुपैयाँको कारोबार

 चैत २, २०७९ बिहिबार १५:१७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको छ ।

जलविद्युत् र अन्यबाहेक अरु सबै समूहको शेयर घटेको छ । २ सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता शेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झण्डै ६ प्रतिशत तथा नयाँ साथी लघुवित्त, प्रभु लाइफ इन्स्याेरेन्स र ग्रिन डेभलपमेन्ट बैंकको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम पावर कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया