ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत् सामान किन्दा १० प्रतिशत छुट

 चैत २, २०७९ बिहिबार २०:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले मेट्रो मार्टका काठमाण्डौ भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत् सामान किन्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग र्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने भएकाे छ ।

एक पटकको खरिदमा एक सय रुपैयाँसम्म र योजना अवधिभर ३ सय रुपैयाँसम्म छुट पाइनेछ ।  यो योजना सीमित अवधिका लागि काठमाण्डौ उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुने बैंकले जनाएकाे छ । 

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ। 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया