पोल्यान्डले युक्रेनलाई ४ वटा लडाकु विमान सहयोग गर्ने

 चैत ३, २०७९ शुक्रबार १५:१२:१२ | एजेन्सी
unn.prixa.net

पोल्यान्डले युक्रेनलाई चार वटा मिग लडाकु विमान सहयोग गर्ने भएको छ । पोल्यान्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले चार वटा सोभियतकालीन विमान तत्कालै पठाउने र भविष्यमा थप हस्तान्तरण गरिने बताउनुभएको बीबीसीले जनाएको छ ।

योसँगै गएको वर्ष रुसले आक्रमण गरेयता युक्रेनलाई लडाकु विमान पठाउने पोल्यान्ड हिलो नेटो सदस्य देश बन्नेछ । युक्रेनको संसद्की उपसभामुख ओलेना कोन्ड्राट्युकले थप देशहरूले पनि पोल्यान्डको कदम पछ्याउने आशा व्यक्त गर्नुभएको छ ।

युक्रेनले यसअघि पश्चिमी देशहरूसित एफ–१६ जस्ता आधुनिक लडाकु विमानहरू उपलब्ध गराउन आग्रह गरेको थियो । बेलायतले युक्रेनी पाइलटहरूलाई नेटोस्तरका विमानको प्रशिक्षण दिइरहेको छ । तर प्रशिक्षणमा लाग्ने लामो समयका कारण यो दीर्घकालीन विकल्पमात्र हुन सक्ने छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि अमेरिकाबाट युक्रेनमा विमानहरू पठाउने विषय अस्वीकार गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया