कपिलवस्तुमा महिला प्रहरीमाथि सहकर्मी प्रहरीबाटै बलात्कार प्रयास

 असोज २९, २०७५ सोमबार ११:२१:२६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – सहकर्मी प्रहरीबाटै जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी बलात्कार प्रयासको शिकार बनेकी छिन् । गएको असोज २० गते राति १० बजे महिला प्रहरिमाथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत वलीले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना एक साता अघिको भए पनि अहिलेसम्म प्रहरीले घटनालाई गोप्य राखिएकाे थियाे । 

जबरजस्ती करणीको प्रयास गरेको आरोप खेपेका प्रहरी जवान वली अहिले निलम्बनमा प्रहरी हिरासतमा रहेको प्रहरी नायव उपरीक्ष रवि रावलले बताउनु भयो । प्रहरी नियन्त्रणमा रहेका प्रहरी जवान वलीलाई असोज २२ गते जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्धा अन्तर्गत अनुसन्धानका लागि ७ दिन थुनामा राख्न आदेश दिएको छ । पीडित महिला प्रहरीका श्रीमान्ले जवरजस्ती करणी उद्योगको मुद्धा अन्तर्गत प्रहरी जवान वली विरुद्ध किटानी जाहेरी दिए पछि मुद्धा प्रक्रिया अघि बढेको हो ।

राति करीब १० बजेको समयमा आफ्नै कोठा अगाडिबाट आफूलाई जबरजस्ती करणीको प्रयास गर्न खोज्दा आफूले प्रतिकार गरेर बचेको महिला प्रहरीले बताउनु भएको छ । महिला प्रहरीको प्रतिकार पछि वली त्यहाँबाट फरार भएका थिए ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया