देशका धेरै ठाउँमा वर्षा, भोलि र पर्सि पनि पानी पर्ने सम्भावना

 चैत ३, २०७९ शुक्रबार १८:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

यो प्रणालीका कारण भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना रहेको माैसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित बदली हुने सम्भावना छ ।

यसैबीच हिउँदे वर्षाले किसानलाई राहत मिलेको छ । वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको छ । गएकाे असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन । पानी परेसँगै किसानले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफूल अन्य बालीलाई राहत मिलेको छ ।

यस्तै चैते वर्षाले महोत्तरीलगायत मधेसको जनजीवनमा राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्प वर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् । यसपालि पूरै हिउँद पानी नपरि बितेका बेला चैतको सुरुमै सिमसिमे पानी परेको हो ।

आजको वर्षाले वैशाखी तरकारीका बेला (लहरा) पात भिजाएको, फलफूलका बोट (आँप, लिची) का मज्जर (मञ्जरी, फूल) र पातमा लागेका किरा, धब्बा पखालेको बर्दिबास–५ ढुङ्ग्रे बस्तीका किसान दलबहादुर थापा मगरले बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया