देशका धेरै ठाउँमा पानी पर्दै, साेमबारसम्म पानी पर्ने र हिमपातको सम्भावना

 चैत ४, २०७९ शनिबार १८:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – अहिले देशका धेरैजसो ठाउँमा मौसम बदली भइ पानी परिहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले दक्षिण एसियाली देशहरुकै मौसम बदली भएको र त्यही प्रणालीका कारण नेपालमा पनि वर्षा तथा हिमपात भइरहेको जलवायुविज्ञ डा धर्मराज उप्रेतीले जानकारी दिनुभयो । नेपालमा पानी पारिरहेको प्रणाली आज बेलुकीसम्म देशभर फैलने र यसको प्रभाव आउँदो सोमबारसम्म रहने उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान् महाशाखाले पनि आफ्नो नियमित बुलेटिनमा अहिले देशका धेरै ठाउँमा पानी परिरहेको जानकारी दिदै सोमबारसम्मै पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाले सूचना निकालेर अहिले सल्यान, रुकुम पूर्व,  बागलुङ, म्याग्दी,  कास्की, लमजुङ, मकवानपुर, ललितपुर, सोलुखुम्बु  लगायतका जिल्लाहरुका केही ठाउँमा  मेघ गर्जन चट्याङसहित वर्षा तथा मुगु, डोल्पा लगायत हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया