मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ९० विन्दुले घटेर एक हजार नौ सय २६ दशमलव ४० विन्दुमा झरेको छ ।
जलविद्युत्, होटल र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ६ करोड ९८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै सृजनशील लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज शुभम् पावर कम्पनी, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।