ग्लोबल आईएमई बैंकका ग्राहकलाई १ रुपैयाँमा मोबाइल जित्ने मौका

 चैत ५, २०७९ आइतबार १७:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत बैंकका ग्राहकहरूले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्न सक्नेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहनेछ । 

यस योजनाको अन्त्यमा बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन पाउनेछन् । 

बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (ई–कमर्स) लाई प्रवर्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । 

ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशको लगभग सबै वित्तीय सूचकाङ्कहरूमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • purna prasad Adhikari

    March 19, 2023, 7:41 p.m.

    यो योजना को लागि बिशेष धन्यवाद

  •  0 Reply
  • Pratap khatiwoda

    March 19, 2023, 5:28 p.m.

    It quite nice because not everyone can afford a good phone 📞

  •  0 Reply
  • kunwar Rabindra

    March 19, 2023, 5:22 p.m.

    I need phone

  •  0 Reply

तपाईको प्रतिक्रिया