'आईएमई पे' को नयाँ अफर : '५ को ५' बाट अब इयरबड्स जित्ने मौका

 चैत ५, २०७९ आइतबार २०:२५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको 'आईएमई पे' ले '५ को ५' नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

१५ दिन (चैत १ देखि १५ गते) सम्म चल्ने यस अफरमा ग्राहकहरूले विभिन्न माध्यम– लिङ्क गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा ई–बैंकिङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आईएमई पे वालेटबाट आईएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरूले सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनुहुनेछ ।

यसका साथै हरेक दिन कम्तीमा १ पटक यी माध्यमहरूबाट आईएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले १ हजार रुपैयाँ जित्ने मौका पनि पाउनुहुनेछ । जितेकाे रकम विजेताको वालेटमा लोड हुनेछ ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात् लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएकाे आईएमई पेले जनाएकाे छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया