बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – लामो समयपछि शेयर बजार आज (साेमवार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेको छ । गएको फागुन २५ गतेयता आज पहिलो पटक बजार दोहोरो अङ्कले बढेको हो । बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । २ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको शेयर ७ करोड ६३ लाख रुपैयाँमा किनबेच भयाे ।
आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र न्यादी हाइड्रो पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयर साढे ५ प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।