चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुसमा

 चैत ६, २०७९ सोमबार १९:७:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुग्नुभएको छ । तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज साेमवार दिउँसो रुसको राजधानी मस्को पुग्नुभएको बीबीसीले जनाएको छ ।

गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुग्नुभएको हो । उहाँले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर सी मस्को जानुभएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चीनले रुस–युक्रेन युद्धको शान्तिपूर्ण अवतरण चाहेको विषय सार्वजनिक भएको दुई हप्तापछि दुई देशका राष्ट्रपतिबीच वार्ता हुन लागेको हो । उहाँहरूबीच भोलि मङ्गलवार भेटवार्ता हुने कार्यक्रम छ । चिनियाँ विदेश मन्त्रालयले चीनले युद्ध अन्त्यको विषयमा रचनात्मक ढङ्गले वार्ता गर्ने उल्लेख गरेको छ ।

चिनियाँ राष्ट्रपति रुस गएको विषयलाई बेलायतले पनि स्वागत गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले युक्रेनको सार्वभौमसत्ताको रक्षाका लागि चीनले गर्न थालेको पहलप्रति बेलायत पनि सकारात्मक रहेको बताउनुभएको बीबीसीले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले रुसी राष्ट्रपति पुटिनसँगको भेटपछि युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्ने तयारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया