युक्रेन युद्ध राेक्न रुसलाई चिनियाँ राष्ट्रपति सीकाे १२ बुँदे प्रस्ताव

 चैत ७, २०७९ मंगलबार १७:५५:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेन युद्ध अन्त्यको प्रस्ताव राख्नुभएको छ । रुस भ्रमणमा रहनुभएका सीले रुस–युक्रेन युद्धका लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव समकक्षी पुटिनसमक्ष राख्नुभएको छ ।

चीनको प्रस्तावमा सामान्य सिद्धान्तका कुरा भए पनि युद्ध कसरी रोक्ने भन्ने विस्तृत योजना भने नरहेको र रुसले पछिल्लो भेटबारेमा विस्तृत जनाकारी दिइनसकेको बीबीसीले जनाएको छ । पश्चिमा देशहरूले रुसलाई एक्लो बनाइरहेका बेला चिनियाँ राष्ट्रपति सी रुस पुगेर युद्ध रोक्न आग्रह गर्नुभएको हो । चीनको प्रस्तावपछि रुसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफू खुला रहेको बताउनुभएको पनि बीबीसीले जनाएको छ ।

एक वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरे पनि चीनले त्यसको विरोध गरेको छैन । युक्रेन आक्रमणपछि सी पहिलो पटक रुस पुग्नुभएको हो । सीले आफ्नो भ्रमण निकै फलदायी हुने बताउनुभएको छ ।

यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले भने सीको भ्रमण हतियार बेच्न गरेको चालबाजी रहेको आरोप लगाउनुभएको छ । तर सीको भ्रमणबारे युक्रेन भने आशावादी देखिएको छ । चीनले दुई हप्ताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको थियो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया