अफगानिस्तानमा ठूलो भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का

 चैत ८, २०७९ बुधबार ६:४६:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । 

६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ ।

भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका अलजजिराले जनाएको छ ।

प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया