सन्दर्भ विश्व पानी दिवसः नाइजेरियामा सात करोडभन्दा धेरै बालबालिका पानीजन्य सङक्रमणको खतरामा

 चैत ८, २०७९ बुधबार १२:५१:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – नाइजेरियामा सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको र बालबालिका उच्च जोखिममा छन् ।

साथै राष्ट्रसङ्घीय बालकोषले शुद्ध र सफा पिउने पानी, शौचालय, सरसफाइ र खानामा लगानी गर्न नाइजेरिया सरकारलाई सुझाव दिएको छ ।

यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाइ र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।

स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे चेतना जगाउने उद्देश्यले आज विश्व पानी दिवस मनाईंदैछ । 
 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया